भीआईपी ठगलाई छाड्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । ठगी आरोपमा पक्राउ परेका पूर्वराज्य मन्त्री एवम् व्यवसायी रुप ज्योतिलाई रिहाइको माग गर्दै व्यापारीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

उद्योगी, व्यवसायीहरूले ठगीको आरोपमा पक्राउ परेका उद्योगपति ज्योतिलाई तत्काल रिहा गर्न माग गर्दैै काठमाडौंमा मौन जुलुस निकालेका हुन् ।

सुध्रिने मौकासमेत नदिई ज्योतिलाई ठगीको आरोपमा पक्राउ गरेको व्यवसायीहरूले उल्लेख गरेका छन् ।

तत्काल रिहा गर्न माग गर्दै बिहीबार बिहान काठमाडौंको न्यूरोडस्थित जुद्ध शालिक अगाडि उद्योगी, व्यवसायीहरूले मौन जुलुस निकालेका हुन् ।

उद्योगी, व्यवसायीहरूलाई सुध्रिने मौकासमेत नदिई धरपक्कड गर्ने, पक्राउ गर्नेलगायतका काम नगर्न सरकारको ध्यानाकर्षण गराउन मौन जुलुससहितको शान्तिपूर्ण विरोध प्रर्दशनको कार्यक्रम आयोजना गर्नु परेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिएका छन् ।

उनले उद्योगी, व्यवसायीहरूको सुरक्षा र सम्मानमाथि आँच आउने गरी कुनै पनि कानुन निर्माण नगर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

ज्योतिलाई जग्गाको कारोबारमा करोडौं ठगी गरेको आरोपमा गत कात्तिक २१ गते बिहीबार प्रहरीले पक्राउ गरिएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौंको आह्वानमा आयोजना गरिएको मौन जुलुसमा व्यवसायीहरूले व्यवसायीलाई धरपक्कड नगरी सम्मान र सुरक्षाका साथ व्यवसाय गर्ने वातावरण बनाउन पनि सरकारसँग माग गरेका थिए ।

Published : Thursday, 2019 November 14, 5:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया