सीमा मिचेकाे भन्दै ठमेलमा चीनकाे विराेधमा प्रदर्शन

काठमाडौं । काठमाडौंको ठमेलमा स्थानीयले नेपालकाे भूमि अतिक्रमण गरेकाे विराेधमा चीनकाे विरोधमा प्रदर्शन गरेका छन् ।

सीमामा भारतीय अतिक्रमणको बिरुद्ध देशव्यापी प्रदर्शनहरू भइरहँदा चिनियाँ पक्षबाट सीमामा भएको अतिक्रमणको पनि विराेध भएकाे हाे ।

बुधवार पर्यटकीय केन्द्र ठमेलमा चिनियाँ राष्ट्रपतिकाे विराेध समेत भएकाे छ ।

चिनियाँ व्यवसायीहरूबाट ठमेलमा नेपाली व्यवसायीहरू विस्थापित हुन पुगेको तथा घरबेटीहरू पीडित भएकाे भन्दै चीनबिरुद्ध प्रदर्शन भएको छ ।

स्वतन्त्र नागरिक समूहका नामबाट ठमेलमा व्यानर तथा प्लेकार्ड प्रदर्शन गर्दै र्‍याली निकालिएको छ ।

चीनले सीमा अतिक्रमण गर्दा पनि सरकार चुप बसेकाे भन्दै विराेध भएकाे छ ।

Published : Wednesday, 2019 November 13, 9:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया