कांग्रेस उम्मेदवारलाई जिताउन भक्तपुर तरुणले बनायो समिति

भक्तपुर । नेपाल तरुण दल भक्तपुरले उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन अनुगमन समिति गठन गरेको छ ।

तरुण दल भक्तपुरको बुधबार बसेको बैठकले तरुण नेता सुमन कार्कीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो ।

समितिले नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन तरुण दलको तर्फबाट हुने सबै कार्य गर्नेछ ।

भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ प्रदेश ‘क’मा नेपाली कांग्रेसको तर्फबाट कृष्णलाल भँडेल उम्मेदवार बनेका छन् ।

पार्टीको उम्मेदवारलाई विजयी बनाउन तरुण दल भक्तपुरले युवाहरूलाई परिचालन गर्दै आएको छ ।

भक्तपुर तरुण दलका अध्यक्ष राजु थापाले मिनी जनमतसंग्रह भएकाले तरुणहरूलाई खटाएर प्रचार प्रसारलाई तिब्र बनाएको बताए । उनले कम्युनिस्टहरूलाई यस पटक भक्तपुरबाट पराजित गर्न शुरुवात गरिने बताए ।

Published : Wednesday, 2019 November 13, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया