प्रहरीको ज्यादतीविरुद्ध तरुणद्वारा बाँकेमा बन्दको घोषणा

नेपालगञ्ज । नेपाल तरुण दल बाँकेले प्रहरीको ज्यादतीविरुद्ध कात्तिक २९ गते बाँके जिल्ला बन्दको घोषणा गरेको छ ।

हतियार काण्ड लगाएर फसाएको भन्दै तरुण दल बाँकेले बन्दको आह्वान गरेको हो ।

नेपाली कांग्रेस र तरुण कार्यकर्तामाथि प्रहरी प्रशासनको ज्यादती तथा राज्य आतंक भएको भन्दै तरुण दल बाँकेले आन्दोलन गर्दै आएको छ ।

तरुण दलले बुधबार विज्ञप्ति जारी गरेर प्रहरी प्रशासनको ज्यादतीविरुद्ध कात्तिक २९ गते शुक्रबार बाँके बन्दको घोषणा गरेको जनाएको छ ।

बन्दको समयमा एम्बुलेन्स लगायत अति आवश्यक सवारी साधनहरूलाई चल्न दिइन तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्रबहादुर शाहले जानकारी दिएका छन् ।

बन्दका दिन स्कुल, कलकारखाना, गाडी, ईरिक्सा लगायत पसलहरू सबै बन्द गरिने अध्यक्ष शाहले बताएका छन् ।

Published : Wednesday, 2019 November 13, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया