कम्युनिस्ट सरकारले क्रिकेटर सन्दीपलाई कर काण्डमा फसाउने

काठमाडौं । नेपालका सर्वाधिक सफल क्रिकेटर सन्दीप लामिछानेले करीव ६ करोड रुपियाँमा भव्य बंगला किनेका छन् ।

करीव २० वर्षकै उमेरमा आफ्नो कमाईबाट उनले काठमाडौंको बुढानीलकण्ठमा बंगला किनेका हुन् ।

सन्दीपको यो सफलता निकै लोभलाग्दो छ । सबैले प्रशंसा गरिरहेका छन् ।

नयाँ बंगला खरिद गरेसंगै उनमाथी समस्या समेत थपिएको छ । उनी करको लफडामा पर्ने देखिएको छ ।

आन्तरिक राजस्व विभागले उनको आय र करको विवरणमाथि छानविन गर्न थालेको छ ।

६ करोडमा घर खरिद गरेको समाचार आएपछि विभागले छानविन गर्न थालेको छ ।

स्रोतका अनुसार आयको तुलनामा निकै थोरै मात्र कर तिरेको पाइएपछि छानविन गर्न थालिएको छ ।

सन्दीपले पछिल्लो एक वर्षमै दुई करोडभन्दा धेरै आर्जन गरेका छन् । त्यसको करीव ४० लाख रुपियाँ तिर्नुपर्ने हुन्छ ।

गत वर्ष क्यानाडा र बंगलादेश प्रिमियर लिगमा भएको ग्लोबल टी–२० बाट मात्र १२० हजार अमेरिकी डलर कमाएका थिए ।

पाकिस्तान र क्यारेबियन प्रिमियर लिगहरूमा ५० हजार र ७० हजार डलर लिएका थिए । आईपिएलमा २० लाख लिएका थिए ।

यसमध्य केही रकम एजेन्ट र म्यानेजरले पाउने भएपनि उनको कमाई करीव २ करोड देखिन्छ ।

जसअनुसार उनले एक वर्षमै करीव ४० लाख रुपियाँ कर तिर्नुपर्न हुन्छ ।

उनले थारैमात्र कर तिरेका छन् । यो वर्ष उनको कमाई तीन करोड नाघ्ने देखिएको छ ।

टी टेनदेखि अष्ट्रेलियाको बिग ब्यास तथा इंल्याण्डको प्रतियोगितामा छानिएका छन् ।

इंल्याण्डमा हुने नयाँ फम्र्याटको खेल द हन्ड्रेड बलमा उनी एक लाख पाउण्ड (एक करोड ४७ लाख रुपियाँ)मा अनुबन्धित छन् ।

टी– १० लिगमा ४५ हजार डलर उनी बिकेका छन् । बिग ब्यासमा पनि करीव ७० हजार डलर पाउने बताइएको छ ।

यो वर्ष पनि आईपिएल खेल्ने उन्को सम्भावना छ । विभिन्न कम्पनीको ब्राण्ड एम्बेसडर, क्यानबाट तलब सहित उनको कमाई तीन करोड पुग्नेछ ।

विश्वका धेरै चर्चित खेलाडीहरू करको लफडामा परेका छन् । मेसीदेखि रोनाल्डोसम्मलाई यस्तो कसुरमा सजाय भएको छ ।

नेपालमा सबैभन्दा बढी कमाउने सन्दीप पनि करको लफडामा परेका छन् । यद्यपि, उनले कर छलि गर्न बैंकबाट कर्जा लिएका छन् ।

तर, पनि गम्भीर छानविन भए उनीमाथि कारबाही हुने सम्भावना रहेको स्रोतले बताउँछन् । (दृष्टि साप्ताहिकबाट साभार)

Published : Wednesday, 2019 November 13, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया