आयोगका अध्यक्ष अन्सारी अमेरिका प्रस्थान

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ असन्सारी विभिन्न कार्यक्रमहरूमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् ।

अध्यक्ष अन्सारीले अमेरिकामा हुन लागेको ‘एएनटीए’को महासभा बैठकमा नोभेम्बर १६ मा भाग लिनेछन् ।

१८ नेभेम्बरमा अध्यक्ष अन्सारी वासिङटन जाने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

अमेरिकामा रहँदा नेपालीहरूले आयोजना गर्ने कार्यक्रमहरूमा पनि सहाभगी हुने जनाइएको छ ।

यसैबीच, आयोगका अध्यक्ष अन्सारीले अमेरिका प्रस्थान गर्नु अगाडि प्रधानमन्त्री केपी ओलीसँग विदाइ भेट गरेका छन् ।

उनले बुधबार प्रधानमन्त्री ओलीसँग बालुवाटारस्थित निवासमा विदाइ भेट गरेका हुन् ।

Published : Wednesday, 2019 November 13, 5:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया