ललितपुरमा कम्युनिस्ट सांसदको चर्तिकला, आधा काम बाँकी झ्वाम
ललितपुर । ललितपुर जिल्लाको क्षेत्र नम्बर १ ‘ख’का सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद चेतनाथ सञ्जलले सांसद विकास कोषको बजेट दुरुयोग गरेको आरोप लागेको छ ।
प्रदेश सांसद सञ्जेलले उपभोक्ता समिति गठन गरेर पार्टीका कार्यकर्तामार्फत रकम दुरुपयोग गर्ने गरेको स्थानीयको आरोप छ । स्थानीयले प्रदेश सांसद सञ्जेललाई कमाउधन्दामा लागेको भनेर आलोचना गर्न थालेका छन् ।
नेकपाका कार्यकर्ता संलग्न उपभोक्ता समितिले बल भर्पाइ मिलाएर विकास खर्चमा आएको रकम कुम्ल्याउने गरेको आरोप छ ।
एक वर्ष अगाडि आफ्नै प्रदेश क्षेत्र गोदावरी नगरपालिका वडा नम्बर ११ पागलबनको ग्याबिङ वाल लाउने क्रममा रकम दुरुपयोग भएको आरोप लागेको छ ।
सांसद विकास कोषबाट सञ्जेलले ६० लाख बजेट छुट्टाई आफ्नै कार्यकर्ताहरू रहेको उपभोक्ता समिति बनाउन लगाई आधा मात्रै काम गरेर बाँकी रकम कुम्ल्याएको आरोप स्थानीयले लगाएका छन् ।
दुई वर्ष अगाडि पनि गोदावरी नगरपालिका वडा नम्बर १० ताहाखेलमा आफ्ना कार्यकर्ता प्रकाश विष्टलाई उपभोक्ता समितिको संयोजक नबाई आधा मात्रै काम गरेर बाँकी रकम प्रदेश सांसद सञ्जेलले कुम्याएको आरोप उनकै मतदाताहरूले गोदावरी नगरपालिकातिर लगाउन थालेका छन् ।
त्यति मात्र नभई आफ्नै घरको आँगनमा जाने बाटोमा समेत आफ्ना नजिकका दीपक थापालाई काम दिई २४ लाखको बजेट छुटाई जम्मा १० लाखको मात्र काम भएको स्थानीयहरुले बताएका छन् ।
प्रदेश सांसद सञ्जेलका छिमेकीहरूले उनलाई चुनावका बेलामा करोडौं रकम खर्च गरेर चुनाव जितेको आरोप लगाउन थालेका छन् ।
चुनावमा खर्च भएको रकम उठाउन सञ्जेलले उपभोक्ता समितिहरूमार्फत आधा काम गर्ने बाँकीको विल भरपाइ मिलाएर रकम कुम्ल्याउने गरेको आरोप छ ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया