डा.केसीका माग सम्बोधन गर्न डा.आरजु राणाको माग

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् सभापति शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणा देउवाले मेडिकल शिक्षा सुधारको माग राख्दै डडेल्धुरामा १७औँ अनशन बसेका प्राध्यापक डा.गोविन्द केसीसँग सरकारले तत्काल वार्ता गरेर अनशन तोडाउन माग गरेकी छिन् ।

डा.राणाले मंगलबार प्रेस नोट जारी गर्दै सरकारलाई डा.केसीका माग सम्बोधन गर्न वार्ताका लागि आग्रह गरेकी हुन् ।

‘आफ्नो जीवनभर कुनै व्यक्तिगत स्वार्थमा नअल्झि मेडिकल क्षेत्रको सुधारमा लाग्नुभएका डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ’, उनले भनेकी छिन्, ‘सरकारले तत्काल डा.केसीसँग वार्ता गरेर उहाँको अनशन तोडाउन म विषेश आग्रह गर्न चाहन्छु ।’

Published : Tuesday, 2019 November 12, 8:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया