कांग्रेसलाई जिताउन दाङमा तरुणको गज्जब निर्णय, कम्युनिस्टलाई हराइ छाड्ने

तुलसीपुर । दाङमा नेपाल तरुण दलले उपनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा क्षेत्र नम्बर ३ ‘ख’मा उम्मेदवार बनेका केशवर आचार्यलाई विजयी बनाउन युवा परिचालन समिति गठन गरेको छ ।

पश्चिम दाङको श्रीगाउँमा नेपाली कांग्रेसमा आबद्ध तरुण युवाहरूको भेलाले ५ सय ५५ सदस्यीय युवा परिचालन समिति गठन गरेको हो ।

तरुण दलका जिल्ला प्रतिनिधि तरुण दलका जिल्ला उपाध्यक्ष मुक्तिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको भेलाले साविक क्षेत्र नम्बर ५ का तरुण दल अध्यक्ष ललितजंग पाण्डेलाई युवा परिचालन समितिको संयोजकमा चयन गरेको छ ।

दाङ क्षेत्र नम्बर ३ ‘ख’को उपनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट केशव आचार्यको पक्षमा माहौल बनाउने उदेश्यले समिति गठन गरिएको छ । समितिले मतदाताको संरक्षणदेखि प्रचार प्रसार गर्नेछ ।

तरुणको भेलाले तुलसीपुर १० र ११ को प्रतिनिधिमा तरुण दलका क्षेत्रीय अध्यक्ष रमेश मल्ल र जिल्ला सदस्य प्रेम गिरी, तुलसीपुर १ र २ मा तरुण दल जिल्ला सचिव ध्रुव आचार्य र जिल्ला सदस्य वसन्त केसी, दङ्गिशरण गाउँपालिकामा तरुण दल कोषाध्यक्ष अभियान बस्नेत, जिल्ला सदस्यहरू नवीन बुढाथोकी र समिता चौधरी, शान्तिनगरमा जिल्ला सदस्यहरू नवीन योगी र प्रवल विष्ट र बबइ गाउँपालिकामा तरुण दलका उपाध्यक्ष मुक्तिप्रसाद न्यौपाने र जिल्ला सदस्य डिल्ली रेग्मीलाई प्रतिनिधि तोकेको छ ।

भेलाले यहि ३० गते ३ वटा गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका ४ वटा वडामा तरुण भेला गर्ने निर्णय गरेको तरुण दलका जिल्ला अध्यक्ष टीका घर्तीले जानकारी दिए ।

भेलालाई सम्बोधन गर्दै उम्मेदवार आचार्यले अनुशासित र मर्यादित भएर नेपाली कांग्रेसको पक्षमा प्रचार प्रसार गर्न आग्रह गरेका छन् ।

उनले कम्युनिस्ट सरकारका गलत क्रियाकलापको खबरदारी गरी भ्रष्टाचार र अनियमितताको भण्डाफोर गर्न आग्रह गरे ।

नेपाली कांग्रेस मात्र नभई नेकपाका कार्यकर्ताले पनि यसपटक आफूलाई मतदान गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आचार्यले अपील गरेका छन् ।

नेपाल तरुण दल दाङका जिल्ला अध्यक्ष टीका घर्ती र पूर्व केन्द्रीय सदस्य सूर्यप्रकाश राना लगायतले नेपाली कांग्रेसका मतदाताको संरक्षण गर्न र गाउामा गलत कृयाकलाप नियन्त्रण गर्न सक्रिय भएर लाग्न निर्देशन दिए ।

भेलाको सहजीकरण तरुण दलका जिल्ला सचिव ध्रुब आचार्यले गरेका थिए ।

Published : Monday, 2019 November 11, 6:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया