सीमा मिचेको भन्दै चिनियाँ राष्ट्रपतिको पुत्ला जल्यो

सर्लाही । सर्लाही जिल्लामा नेपालको भूमि अतिक्रमण भएको विरोधमा स्थानीय युवाले चिनियाँ राष्ट्रपति सी चीन फिङको पुत्ला जलाएका छन् ।

उनीहरूले चीनले नेपाली भूमि मिचेको तथा सगरमाथाको सिमाना हडपेको आरोप लगाउँदै चिनियाँ राष्ट्रपतिको पुत्ला जलाएका हुन् ।

‘गो ब्याक चाइना प्रेसिडेन्ट, नेपाली भूमि फिर्ता गर लगायतका प्ले कार्ड बोकेर उनीहरू प्रदर्शनमा उत्रिएका थिए ।

तथ्याङ्क अनुसार चीनले नेपालको ३६ हेक्टर जमिन मिचेको छ । कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाले तयार पारेको अध्ययन प्रतिवेदनमा चीनले हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायतका सीमाक्षेत्रको भूमि मिचेको छ ।

चीनले सबैभन्दा बढी सिन्धुपाल्चोकको खराने खोला स्थित ७ हेक्टर जमिन मिचेको छ ।

हुम्लाको भाङदारे खोलामा ६ हेक्टर जमिन हडपेको छ ।

हुम्लाको कर्णाली, सिन्धुपाल्चोकको भोटेकोसी र संखुवासभाको अरुण नदीमा ४–४ हेक्टर जमिन चिनले मिचेको प्रतिवेदनमा छ ।

यसबाहेक चीनले रसुवाको विभिन्न ४ स्थानमा ६ हेक्टर जमिन हडपेको छ ।

प्रतिवेदन अनुसार रसुवाको सन्जेन खोला क्षेत्रमा २ हेक्टर, भुर्जुग खोला क्षेत्रमा १ हेक्टर, लेम्दे खोला र जम्बु खोला गरी ३ हेक्टर जमिन मिचिएको छ ।

Published : Monday, 2019 November 11, 8:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया