नेपालकाे सीमा मिच्ने ‘चीन गाे ब्याक’

काठमाडौं । भारत र चीनसँग नेपालको सीमा विवाद रहेको छ । धेरै होस् वा थोरै जे भए पनि नेपालको भूमि चीन वा भारत कसैले मिच्नपाइँदैन । मिच्नु पनि हुँदैन ।

कलापानी र लिपुलेकलाई भारतले आफ्नो नयाँ नक्सामा राखेर जारी गरेपछि नेपालमा हँगामा भएको छ । भारतको विरोध भएको छ ।

यही बेला चीनले उत्तरी सीमा नाका मिचेको तथ्याङक पनि बाहिरिएको छ । दुबै देशको विरोध भइरहेका छन् ।

विरोध हुँदा भारतको अलिक धेरै र चीनको थोरै मात्र विरोध भएका छन् । सीमा मिचिदा कसैलाई नरम व्यवहार र कसैलाई कठोर व्यवहार किन ? भनेर प्रश्न उठ्न थालेका छन् ।

चीनले सीमा मिच्दा खुसी हुने भारतले सीमा मिच्दा दुःखी हुने हो भने यो राष्ट्रवादको काम छैन । होइन भने भारत र चीनले सीमा मिचेको प्रष्ट भइसकेपछि दुबैको विरोध हुनुपर्छ । होइन भने कसैको पनि विरोध हुनु हुँदैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा जति रुपमा आएका थिए । त्यति सहज रुपमा चीनका राष्ट्रपति आएनन् ।

चीनका राष्ट्रपतिको विरोध गर्न पनि दिइएन । राष्ट्रवादी सरकारले कसैले विरोध गर्छ कि भनेर दुई तीन दिनदेखि धरपकड गर्‍यो । भारतका प्रधानमन्त्री आउँदा विरोेध हुँदा समेत त्याति चासो दिइएन ।

कालापानी र लिपुलेकलाई लिएर विवाद भइरहेका बेला मोदीको पुत्लाहरू जलेका छन् । तर, उत्तरी सीमा मिचिदा चिनियाँ राष्ट्रपति सी जिनपिङको पुत्ला जलेको छैन ।

सी जिनपिङको पुत्ला जल्दा सरकारले कठोर नीति अवलम्बन गरेको चर्चा छ । मोदीको पुत्ला जल्दा सरकारले नै उर्जा दिएको आरोप छ ।

नेपालको एक ईन्च भूमि भारत होस् वा चीन कसैले पनि मिच्न पाउँदैन । नेपालले दुबै देशलाई समान व्यवहार र आँखाले हेर्नुपर्छ । मोदी र सीको अपमान गर्नु हुँदैन । दुबैलाई बराबरी इज्जत र सम्मान दिनुपर्छ । यस विषयमा सरकारले ध्यान दिनुपर्छ ।

सीमा मिच्ने चीनलाई स्वागत गर्न सकिदैन । गाे ब्याक चीन ।

Published : Sunday, 2019 November 10, 12:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया