हेटौँडामा कात्तिक २६ र २७ गते कांग्रेसको प्रशिक्षण, देउवाले उद्घाटन गर्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश ३ का छ जिल्लाका महाधिवेशन प्रतिनिधिहरूको प्रशिक्षण हेटौँडामा गर्ने भएको छ ।

प्रशिक्षण कात्तिक २६ र २७ गते मकवानपुर जिल्लाको हेटौँडामा हुन लागेको प्रतिष्ठानद्वारा जारी परिपत्रमा उल्लेख छ । प्रशिक्षणको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिष्ठानले कात्तिक २६ र २७ गते हेटौँडा हुन लागेको प्रशिक्षणमा सहभागीहरूको नाम कात्तिक २४ गतेभित्र कांग्रेसको केन्द्रीय कार्यालय वा मकवानपुर जिल्लामा उपलब्ध गराइदिन आग्रह गरिसकेको छ ।

प्रदेश ३ का बाँकी जिल्लाहरू रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुली जिल्लाका महाधिवेशन प्रतिनिधिहरूलाई प्रदेशस्तरीय प्रशिक्षण दिइनेछ ।

प्रदेश ३ को रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर र काठमाडौंका महाधिवेशन प्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको छ ।

सबै प्रदेशमा महाधिवेशन प्रतिनिधिहरूका लागि प्रशिक्षण गर्ने निर्णय गरे अनुसार प्रतिष्ठानले गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश प्रशिक्षण सम्पन्न गरिसकेको छ ।

Published : Sunday, 2019 November 10, 11:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया