देउवाले दाङका कांग्रेस नेता घिमिरेलाई अस्पतालमै पुगेर भेटे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद एवम् नेपाली कांग्रेसका नेता कृष्णकिशोर घिमिरेको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता घिमिरेलाई शुक्रबार बिहान भेटेर देउवाले स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् । देउवाले शीघ्रस्वास्थ्य लाभको कामना गरेको उनको निजी सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद घिमिरेको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि तीन दिन अगाडि शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको थियो ।

Published : Friday, 2019 November 8, 8:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया