गगन थापाले सिंगापुरमा लगाए तिहारको टीका
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले सिंगापुरमा तिहारको टीका लगाएका छन् ।
सिंगापुरमा बस्दै आएकी निर्मला नकर्मी चानको हातबाट थापाले मंगलबार तिहारको टीका लगाएका हुन् ।
‘कस्तो सुखद् संयोग । अध्ययनको लागि सिंगापुरमा आउँदा पनि भाइटीका छुटेन’, थापाले फेसबुकमा टीका लगाउँदै गरेको तस्वीर पोस्ट गर्दै लेखेका छन्, ‘यही बसोबास गरेर बसेकी बहिनी निर्मला नकर्मी चानसंग भाइटीका लगाइयो ।’
‘३० वर्षदेखि भाइटीका लगाइरहेकी बहिनीसँग आज भने सिंगापुरे तरिकामा भाइटीका’, उनले लेखेका छन् ।

Published : Tuesday, 2019 October 29, 7:18 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया