खाँणले कम्युनिस्ट सरकारले गरेको बद्मासीको पोल खोले

बुटवल । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाल र चीनबीच भएको सहमति संविधान विपरीत भएको बताएका छन् ।

नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका ११ ले सोमबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेता खाँणले चिनियाँ राष्ट्रपति सी चिन फिङ र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबीच दुई देशीय सहमति र समझदारी पत्रमा भएको हस्ताक्षर असंवैधानिक भएको बताए ।

खाँणले चीनका राष्ट्रपति सी कार्यकारी र नेपालकी राष्ट्रपति भण्डारी सेरेमोनियल भएका कारण दुई राष्ट्रपति बीचको सहमति तथा समझदारी पत्रमा भएको हस्ताक्षर असंवैधानिक हुने बताए ।

नेपालको संविधानले नेपाल सरकारलाई कार्यकारी जिम्मेवारी प्रदान गरेकाले सरकारको तर्फबाट सेरेमोनियल राष्ट्रपतिले सहमति समझदारी पत्रमा हस्ताक्षर गर्न नमिल्ने र त्यो संविधान विपरी भएको उनको भनाइ छ ।

‘चीनसँग मैत्रीपूर्ण सम्बन्ध रहे पनि पछिल्लो समय चीनले नेपालमा चिनियाँ कम्युनिस्ट शासन व्यबस्था सञ्चालन गर्न खोजेकोप्रति असहमति छ’, खाँणले भनेका छन् ।

नेपाली कांग्रेस नेता खाँणले चिनियाँ राष्ट्रपतिसँग नेपालका प्रधामन्त्रीले सहमति तथा सम्झौतामा हस्ताक्षर गरेको भए मात्रै संवैधानिक मान्न सकिने बताएका छन् ।

Published : Monday, 2019 October 21, 11:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया