डीआईजी बस्नेतद्वारा रामेछाप प्रहरीको निरीक्षण

मन्थली । नेपाल प्रहरी प्रदेश ३ का प्रमुख एवम् डीआईजी शेरबहादुर बस्नेतले मातहतलाई जनताको सेवामा अझै सक्रियताका साथ खटिन निर्देशन दिएका छन् ।

सोमबार जिल्ला प्रहरी कार्यालय रामेछापको निरीक्षण गर्ने क्रममा प्रहरी अधिकृत र जवानहरूलाई शान्ति सुरक्षा बनाउन गरेको योगदानको प्रशंसा गरे । उनले प्रहरीलाई कुनै पनि दवावमा नपरेर जिल्लाको शान्ति सुरक्षा बनाउन निर्देशन दिए ।

रामेछापका प्रहरी प्रमुख एवम् डीएसपी सन्तोषकुमार भट्टराईले सहितका प्रहरी अधिकृत र जवानहरूले डीआईजी बस्नेतलाई स्वागत गरेका थिए ।

डीआईजी बस्नेतले जिल्ला प्रहरी कार्यालय रामेछापको निरीक्षण भ्रमणका साथै कामकारबाहीको जानकारी लिएको डीएसपी भट्टराईले बताए ।

Published : Monday, 2019 October 21, 8:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया