नेकपाका ठूला अरिँगाललाई राहत

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाडिदिएको छ ।

दोलखाका वीरध्वज खड्काको ज्यान मार्ने कोशिस गरेको अभियोग लागेका नेकपाका सांसद गुरुङलाई काठमाडौं जिल्ला अदालतले आइतबार साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायको इजलासले गुरुङलाई साधारण तारेखमा छोड्ने आदेश गरेको छ ।

उनको बयानपछि जिल्ला अदालतले साधारण तारेखमा छाडेको काठमाडौंका स्रेष्तेदार आनन्द श्रेष्ठले बताए ।

०४६ जेठमा काठमाडौंको चाबहिलमा खड्कालाई गुरूङसहितको समूहले आक्रमण गरेको भन्दै सरकारी वकिल कार्यालयले गएको वैशाखमा उनीविरूद्ध मुद्दा दायर गरेको थियो ।

प्रहरीले गुरूङ फरार रहेकाले अदालतबाटै पक्राउ पूर्जी ल्याउन माग गरेको थियो ।

अदालतले जारी गरेको उपस्थित हुन आउने म्याद सहितको पक्राउ पूर्जी असोज ८ गते सांसद गुरुङले बुझेका थिए ।

Published : Sunday, 2019 October 20, 11:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया