एआरएनएमा हारेको होइन, हराइयोः बरुवाल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिव पदमा पराजित शिवकुमार बरुवालले ९औँ सम्मेलन र त्यस अन्तर्गत सम्पन्न निर्वाचनमा सहयोग, समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

‘यहाँहरूको (युरोप क्षेत्रको ) अपार साथ हुँदाहुँदै पनि केही क्षेत्रगत संकृणता, व्यक्तिगत स्वार्थ, अन्तर्घात र पैसाको चलखेलको कारणले म विजयी बन्न सकिन’, उनले भनेका छन् ।

‘म विजय नभए पनि एनआरएनएको अभियानमा यहाँहरूको साथमा निरन्तर लागि रहनेछु’, विज्ञप्तिमा भनिएको छ ।

युरोप संयोजकको कार्यकाल २०१७–२०१९ मा यहाँहरूले दिनु भएको साथ र सहयोग को लागि धेरै धेरै धन्यवाद’, उनले भनेका छन्, ‘जानेर–नजानेर यस कार्यकालमा यहाँहरूको चित्त दुःखाएको भएमा क्षमाप्रार्थी छु ।’

Published : Sunday, 2019 October 20, 12:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया