दाङ ३ ‘ख’मा कांग्रेसद्वारा दश जना उम्मेदवारको नाम सिफारिस

घोराही । नेपाली कांग्रेस दाङले निर्वाचन क्षेत्र नं. ३ ‘ख’को ले उपनिर्वाचनका लागि दश जनाको नाम सिफारिस गरेको छ ।

३ नं. क्षेत्रीय कार्यसमितिले दश जनाको नाम सिफारिस गरेको हो । तीन जनाको उम्मेदवारको नाम सिफारिस गर्नुपर्नेमा गुटका कारण भागबण्डा नमिलेपछि भद्रगोल रुपमा दश जनाको नाम सिफारिस भएको छ ।

यो निर्वाचन क्षेत्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीको हो । गिरीले सहमतिको प्रयास गरेपनि सहमति बनाउन नसकेका कारण दश जनाको नाम सिफारिस भएको जनाइएको छ ।

क्षेत्र नं. ३ का क्षेत्रीय सभापति खिमबहादुर ओलीको अध्यक्षतामा बसेको समितिले दश जनाको नाम सिफारिस गरेको छ ।

उपनिर्वाचनमा आकांक्षा देखाएका सबैको नाम सिफारिस भएको छ ।

प्रदेश उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस हुनेमा शंकर डाँगी, किरण शाह, केशव आचार्य, खिमप्रसाद खराल, चुडामणि ढकाल, जगत खडका, भरत केसी, मदन रसिक, सुरेश हमाल र टीका घर्ती रहेका छन ।

यी नामलाई क्षेत्रीय समितिले जिल्लामा सिफारिस गर्ने र जिल्लाले केन्द्रमा सिफारिस गर्नेछ ।

नेपाली कांग्रेसको विधिमा बढीमा तीन जनासम्म सिफारिस गर्नसक्ने भएपनि दाङमा दश जनालाई सिफारिस गरिएको हो ।

Published : Saturday, 2019 October 19, 12:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया