कांग्रेसको केन्द्रीय समितिको बैठक बिहीबार बस्ने

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

बैठक यही कात्तिक ७ गते बिहीबार बस्ने भएको हो । मुलुकको पछिल्लो राजनीति घटनाक्रम र मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक आह्वान गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठक दिउँसो २ बजे बिपी स्मृति भवन ललितपुरमा बस्नेछ । बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यलाई अनुरोध समेत गरिएको छ ।

Published : Friday, 2019 October 18, 11:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया