चितवन प्रहरीकाे कार्यालयमा रक्सीका बाेतल

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवन प्रहरीको कार्यालय हाताभित्र महंगो रक्सीका दर्जनौ बोतलहरू भेटिएको छ ।

न्युज २४ का पत्रकार केदार शर्मा र भण्डाफोर अभियान डटकमका प्रधानसम्पादक सूर्य बरालले रक्सीका बोतलहरूको फोटो खिचिरहेको अवस्थामा चितवन प्रहरीले आधा घण्टा नियन्त्रणमा लिएर छाडिएको छ ।

चितवन प्रहरीले आफ्नो कार्यालय परिसरभित्रको जस्तोसुकै गतिविधि भए पनि अनुमति विना फोटो वा भिडियो खिच्न नपाइने भन्दै प्रहरीले पत्रकारद्वय शर्मा र बराललाई केहीबेर नियन्त्रणमा लिएको छ ।

चितवन प्रहरीको क्यानटिनसँगै रहेको शौचालबाट फर्किने क्रममा यत्रतत्र छरिएको मदिराका बोत्तलहरू देखिएपछि पत्रकारहरूले फोटो खिच्न खोजेका थिए ।

प्रहरी नायब उपरीक्षक शालिकराम पौडेलले कार्यालय हाताभित्र जे कार्य भएपनि अनुमति विना फोटो वा भिडियो खिच्न नपाउने बताए ।

सई कृष्णप्रसाद सिलवाल लगायतका प्रहरी पत्रकारद्वय शर्मा र बराललाई आधा घण्टा बन्धक बनाई राखेको पत्रकार बरालले बताएका छन् ।

बिहीबार दिउँसो १ बजे प्रहरी कार्यालय पुगेका शर्मा र बरालले चितवन प्रहरी कार्यालयभित्र रक्सीका बोतलको तस्वीर लिएका थिए । चितवनका प्रहरी प्रमुखमा एसपी दानबहादुर मल्ल छन् । मल्ला पछिल्लो समय चितवनमा विवादमा तानिदै आएका छन् ।

संवेदनशील क्षेत्रम अनुमति विना तस्वीर लिन वा भिडियो बनाउन नपाइने चितवन प्रहरीले जनाएको छ ।

पत्रकारद्वय शर्मा र बराललाई प्रहरी कन्ट्रोलमा आधा घण्टासम्म राखेर बन्धक बनाइएको थियो ।

नायव उपरीक्षक पौडेलको निर्देशनमा प्रहरीले पत्रकारले लिएको तस्वीर र भिडियो डिलिट गर्न दवाव दिइएको पत्रकार बरालले बताएका छन् । ‘तस्वीर र भिडियो हामीले डिलिट गर्दैनौ भनेर जवाफ दियौँ’, बरालले भने, ‘प्रहरीले डिलिट गर्छ भने हामीलाई भन्नु केही छैन ।’

पत्रकारद्वय शर्मा र बराललाई प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद सिलवालले नियन्त्रणमा लिएका थिए ।

प्रहरीको कार्यालय हाताभित्र रहेको स्थानमा वल्ड दरबार, रुसलान भोडका, टुबोर्क क्यान बियरलगायतका महंगा मदिराका बोत्तलहरू छरपस्ट अवस्थामा देखिएको पत्रकारहरूले बताएका छन् ।

प्रहरी कार्यालयभित्र मदिरा सेवन गर्न पाइँदैन । ड्युटी समयमा पनि मदिरा सेवन गर्न पाइँदैन ।

रक्सीका बोतल कहाँबाट आयो भन्ने विषयमा आफूलाई कुनै जानकारी नरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् एसपी मल्लले बताए ।

Published : Friday, 2019 October 18, 10:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया