हर्कत देखाउने एनआरएनएका प्रतिनिधि विमानस्थलबाट पक्राउ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को नवौं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका रमेश थापालाई अध्यागमन विभागले पक्राउ गरेको छ ।

आइतबार राति क्याथेक ड्रागन एयरलाइन्सबाट काठमाडौं आएका थापालाई अध्यागमन डेस्कमा तोडफोड गरेको आरोपमा पक्राउ गरिएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार तोडफोडबाट अध्यागमन डेस्कको सिसा फुटेको छ । अध्यागमन विभागमा आवश्यक प्रक्रिया पूरा गर्ने क्रममा विलम्ब भएको भन्दै थापाले डेस्कको सिसा फुटाएका थिए ।

थापासमेत पाँच जना गैरआवासीय नेपाली आएकामा थापालाई विभागले पक्राउ गरेको हो । उनलाई अध्यागमनकै हिरासतमा राखेर अनुसन्धान थालिएको पौडेलले बताए ।

पौडेलका अनुसार घटनालगत्तै थापालाई महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको थियो । भोलिपल्ट अध्यागमनमै फिर्ता गराउने आदेशअनुसार एक दिन गौशाला वृत्तमा थापालाई राखिएको वृत्तका प्रहरी नायब उपरीक्षक प्रदीप सिंहले बताए ।

Published : Wednesday, 2019 October 16, 9:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया