अध्यक्ष अन्सारीले एसिड पीडित मुस्कानको शिक्षामा सहयोग गर्ने

काठमाडौं । मुस्ल्मि आयोगका अध्यक्ष समिम अन्सारी मियाँले एसिड प्रहारबाट घाइते भएकी मुस्कान खातुनलाई भेटेर शिक्षामा सहयोग गर्ने आश्वासन दिएका छन् ।

अन्सारीले मंगलबार खातुनलाई भेटेर आयोगको तर्फबाट उच्च शिक्षाका लागि सहयोग गर्ने आश्वासन दिएका हुन् ।

बारा जिल्लको छपकैया २ की १४ वर्षीया मुस्कान खातुनलाई आयोगका अध्यक्ष अन्सारीले कक्षा १२ सम्म पढाइदिने भएका छन् ।

कीर्तिपुरमा उपचार गराइरहेकी खातुनलाई भेट्न अस्पताल पुगेका अध्यक्ष अन्सारीले व्यक्तिगत रुपमा कक्षा १२ सम्मको सम्पूर्ण पढाइ खर्च व्यहोर्ने बताए ।

उनले खातुनलाई सान्त्वना दिँदै सरकार समक्ष घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाहीको माग राखेका छन् ।

मुस्कान वीरगन्ज नगरपालिकास्थित त्रिभुवन उच्च मावि कक्षा ९ मा अध्ययनरत छिन् ।

उनलाई दुईजना युवकले वीरगन्जस्थित गणेशमान चोक जाने गल्लीमा गत भाद्र २० गते बिहानै एसिड प्रहार गर्दा घाइते भएकी थिइन् ।

उनलाई स्थानीय अस्पतालमा प्रारम्भिक उपचार गरेर राजधानी ल्याइएको थियो ।

मुस्कानलाई नायक राजेश हमाल, पूर्व मिस नेपाल श्रृंखला खतिवडा लगायतका कलाकारहरूले अस्पतालमै पुगेर प्रेरणा दिएका थिए ।

बलिउडका अभिनेता अमिताभ बच्चनलगायतका कलाकार ले पनि भिडियो म्यासेज मार्फत् मुस्कानको स्वास्थ्यलाभको कामना गरेका थिए ।

Published : Tuesday, 2019 October 15, 10:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया