पारसलाई झ्याम्मै अँगालाे हाल्ने विवादित युवती

काठमाडौं । पत्नीसँग नबसेर एक्लै बस्दै आएका पूर्वयवराज पारस शाह नयाँ युवतीसँग देखिएका छन् ।

नाइट क्लव, होटेल र आफ्ना साथीहरूसँग बाक्लै देखिने गरेका शाहलाई युवतीसँग मोटरसाइकलमा देखिएको छ ।

यूट्यबमा उछुङ्खल हर्कतका कारण चर्चामा रहेकी सोनिया रोकाय आजकाल शाहसँग निकट हुन पुगेकी हुन् ।

दरबारमार्गको एउटा होटलमा झण्डै एक वर्ष अगाडि सँगै देखिएका शाह र रोकायाको मायाप्रेम अलिक धेरै गाढा बनेको चर्चा छ ।

नयाँ युवती साथी बनाउन रुचाउन शाहले रोकायालाई मोटरासाइकलमा राखेर हुइकिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

शाह र रोकायाबीचको सम्बन्धलाई भन्दा पनि मोटरसाइकलमा उनीहरू जसरी टाँसिएर बसेका छन् त्यसले चर्चा पाएको हो ।

नसा खाएको जस्तो देखिएका पूर्वयुवराज शाहले भिडियोमा आफ्ना शुभेच्छुकलाई कसैले पनि आफूलाई राजावादी नभन्न सुझाव दिएका छन् । उनले सबै जना नेपाली भएको बताएका छन् ।

‘यो वादी उ वादी भनेर छुट्याउने हैन सबै नेपाली हो’, बुलेट मोटरसाइकलमा हेलमेट लगाएर बसिरहेका शाहले भनेका छन् ।

बैंककमा बस्दा शाह एक थाई युवतीसँग प्रेममा थिए । नेपाल फर्किएपछि पनि उनी सुध्रिएको लक्षण देखिँदैन ।

शाह र रोकायाबीचको यो सम्बन्ध कुन खालसम्मको हो केही भनिएको छैन । चर्चाका लागि जे पनि गर्न भ्याउने रोकायाले शाहलाई प्रयोग गरेको चर्चा छ ।

रोकायाले चर्चाकै लागि शाहलाई अस्त्र बनाउन खोजेको टिप्पणी भएको छ ।

Published : Tuesday, 2019 October 15, 9:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया