एनआरएनएको अस्तव्यस्त कार्यालय, २० हजारमा खान पाइने, बस्न नपाइने (तस्वीर)

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ९औँ राष्ट्रिय अधिवेशनका लागि सोमबार दिनभरि प्रतिनिधिहरूको दर्ता भएको छ ।

काठमाडौंको बालुवाटारस्थित एनआरएनएको कार्यालयमा प्रतिनिधिहरूले बीस हजार तिरेर दर्ता भएका हुन् । दर्ता भएसँगै उनीहरूलाई झोला, कलम, कापी, दस्तावेज र खानाको कुपन उपलब्ध गराइएको छ ।

यो बीस हजार एनआरएनएले सम्मेलन व्यवस्थापन र प्रतिनिधिहरूको खानामा खर्च गर्नेछ । एनआरएनएका प्रतिनिधिहरू आफै बस्नुपर्नेछ ।

दिनभरि अस्तव्यस्त रहेको एनआरएनएको कार्यालयमा खानेपानीको व्यवस्था पनि थिएन । बाहिर धुलो उडेर बस्न नसक्ने अवस्था थियो ।

अस्तव्यस्त रहेको एनआरएनएको कार्यालयमा पट्यार लाग्ने लामो लाइनमा २–३ घण्टासम्म प्रतिनिधिहरू लाइन लागेर आफूलाई दर्ता गराएका थिए ।

विदेशमा अनुशासनमा बसेका एनआरएनएका प्रतिनिधिहरूलाई सोमबार भने अस्तव्यस्त पाइएको थियो ।

एनआरएनएको ८१ वटा देशमा शाखा छ । ९औँ अधिवेशनमा झण्डै २५ सय प्रतिनिधिले भाग लिनेछन् । सोमबार करीव १४ सय जना दर्ता भएका छन् ।

Published : Tuesday, 2019 October 15, 12:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया