कांग्रेसकाे चियापानमा थपियो नयाँ कार्यक्रम, बन्याे आकर्षणकाे केन्द्र (तस्वीर)

काठमाडौं । नेपाली कांग्रेसले दशैँ, तिहार, नेपाल सम्वत, छठसहितका पर्वको उपलक्ष्यमा आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा एउटा नयाँ कार्यक्रम थपेर कार्यकर्ताको मन जितेको छ ।

नेपाली कांग्रेसले यस पटक रक्तदानको कार्यक्रमलाई चियापानमा समावेश गरेको हो । ललितपुरको सानेपामा आइतबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूले रक्तदान गरेका थिए ।

रक्तदानमा पचासभन्दा धेरै कार्यकर्ता सहभागी भएको नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बताए ।

दशैँ र तिहारका कारण काठमाडौं उपत्यकामा बिरामीको उपचारका क्रममा रगतको अभाव हुने भएपछि त्यसलाई पूर्ति गर्न रक्तदानको कार्यक्रम राखिएको अध्यक्ष बस्नेतले बताए ।

नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले चियापान कार्यक्रममा इच्छुकहरूले रक्तदान गरेर एक जनाको भएपनि जीवन बचाउन प्रयास गरेको बताए ।

‘यस्ता कार्य निरन्तर गर्नुपर्छ’, उनले भने, ‘नेपाली कांग्रेसले अब सामाजिक कार्यमा विशेष महत्व दिनुपर्छ ।’

अघिल्ला वर्षमा भन्दा पनि यस पटक नेपाली कांग्रेसको चियापान कार्यक्रम अत्यन्तै व्यस्थित थियो ।

Published : Monday, 2019 October 14, 12:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया