नेविसंघका पूर्व नेता एनअरएनएको महासचिवमा उम्मेदवार

काठमाडौं । गैर आवासीय नेपाल संघ (एनआरएनए)को महासचिव पदमा डा.केशव पौडेलले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।

डा.पौडेलले आइतबार काठमाडौंको एउटा पाँच तारे होटेलमा पत्रकार सम्मेलन गरेर एनअरएनएको महासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले महासचिव पदमा उम्मेदवारी घोषणा गर्दै गर्दा आफ्ना ९ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका थिए ।

अमेरिकामा बसेर चिकित्सा पेशामा संलग्न डा.पौडेलले दोहोरो नागरिकता, संयुक्त लगानीको वातावरण, एनअरएनएको केन्द्रीय सचिवालयमा भएको फजुल खर्च कटौती, विदेशमा रहेका ७० लाख नेपाली र नेपाल सरकारबीचको समन्वयको भूमिका लगायतका विषयमा आफ्नो प्रतिबद्धता जनाए ।

बिगतमा नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ (नेविसंघ)को राजनीति शुरु गरेका पौडेलले अमेरिकामा पनि धेरै सामाजिक कार्यहरूमा संलग्नता जनाउँदै आएका छन् ।

Published : Sunday, 2019 October 13, 1:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया