माेदीले उठाए समुद्री किनाराकाे फाेहर

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू बसेकाे हाेटेलकाे समुद्री किनाराकाे फाेहर उठाएका छन् ।

माेदी र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको अनौपचारिक वार्ताका लागि चेन्नई पुगेका हुन् ।

चेन्नई नजिकैको मामल्लापुरमको दुई नेताहरूबीच बिहीबार सुरू भएको अनौपचारिक कुराकानी शिनबार सकिनेछ ।

भारतीय प्रधानमन्त्री मोदी शनिबार बिहानै समुद्री किनारामा देखा परेका थिए । उनी बिहानको दृश्यावलोन गर्न समुद्री किनारामा गएका भने होइनन् ।

आफू बसेको ताज फिसरम्यान्स कोभ रिसोर्टनजिकैको समुद्री किनारामा गएर मोदीले फोहोर उठाएकाे भिडियाेमा देखिएकाे छ ।

उनले झन्डै आधा घन्टा प्लास्टिकजन्य फोहोर उठाएका थिए । मोदीले फोहोर उठाउँदै गरेको भिडिओ ट्वीटरमार्फत सार्वजनिक गरिएकाे छ ।

‘हामीले आफ्ना सार्वजनिक ठाउँ सफा र स्वच्छ छन् भन्ने सुनिश्चित गरौं’, माेदीले ट्वीटरमा लेखेका छन्, ‘सधैँ स्वस्थ र तन्दुरूस्त छौं भन्ने पनि सुनिश्चित गरौं ।’

Published : Saturday, 2019 October 12, 12:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया