सिन्धुपाल्चोक दुर्घटनाका सबैको सनाखत

चौतारा । सिन्धुपाल्चोक जिल्लामा भएको बस दुर्घटनाका सबै मृतकको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेको सनाखत भएको हो ।

मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका ३ बस्ने केदारनाथ महाजु, पाचँखाल नगरपालिका ६ कि संगीता मिजार, सिन्धपाल्चोकको इन्द्रावती गाउँपालिका ९ बस्ने हीरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र इन्द्रावती गाउँपालिका १० बस्ने रितेश आचार्य रहेका छन् ।

उपचारका लागि अस्पताल लैजाने क्रममा ललितपुर घर भएकी समिता श्रेष्ठको बाटोमै मृत्यु भएको थियो ।

मेलम्ची नगरपालिका १३ बस्ने अनुष तामाङ र इन्द्रवती ९ का जुनादेवी लम्सालको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलाय सिन्धुपाल्चोकले जनाएको छ ।

ईन्द्रावती १० का मीना मगर, सुवास अधिकारी र अन्दाजी ६–७ वर्षका सनित पुर्कोटीको मृत्यु भएको डिएसपी काफ्लेले जानकारी दिएका छन् ।

सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका १० स्थित भोटसिपा बडहरे चोकमा शुक्रबार बिहान बस दुर्घटना भएको थियो ।

बा २ ख २७१५ नम्बरको बस शुक्रबार बिहान करीब १० बजेतिर दुर्घटना भएको थियो ।

ईन्द्रावती गाउँपालिका ९ सिपाटारबाट काठमाडौं आउँदै गरेको बस सडकबाट २ सय मिटर तल खस्दा ११ जनाको ज्यान गएको हो ।

बसमा ८० भन्दा बढी यात्रु सवार रहेको र ओभरलोडका कारण गाडीको ब्रेक फेल भइ दुर्घटना भएको हुन सक्ने डिएसपी काफ्लेले बताएका छन् ।

Published : Friday, 2019 October 11, 11:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया