यस्तो रह्यो रामचन्द्र पौडेलको दशैँ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नी भाउजुसँग विष्णुमाया पौडेलको हातबाट दशैँको टीका लगाएर दशैँ मनाएका छन् ।

नेता पौडेलले भाउजु ८६ वर्षीया विष्णुमाया पौडेलको हातबाट दशैँको टीका ग्रहण गरेका हुन् ।

दशैँको टीका लगाउन आएका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूलाई टीका लगाइदिएका छन् ।

पौडेलसँग टीका लगाउन कांग्रेसका नेता तथा कार्यकर्ताहरू काठमाडौं, बोहरास्थित निवास पुगेका थिए ।

 

Published : Friday, 2019 October 11, 11:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया