डा.पौडेल काठमाडौं आइपुगे, महासचिवमा सहयोग गर्न अपील

काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको महासचिव पदका लागि डा.केशव पौडेलले उम्मेदवारी घोषणा गरेका छन् ।

राष्ट्रिय समन्वय परिषद् अमेरिकाका निर्वतमान अध्यक्ष पौडेलले गैर आवासीय नेपालीलाई दोहोरो नागरिकता दिलाउने विषयलाई प्राथमिकतामा राख्दै प्रवासमा रहेका नेपालीको हकहित र अधिकारका लागि आफूले उम्मेदवारी दिएको जनाएका छन् ।

गैर आवासीय नेपाली संघ अन्तर्रास्ट्रिय समन्वय परिषदको आउँदो अक्टोर १५ देखि १७ तारिखसम्म काठमाडौंमा चुनाव हुन गइरहेको छ ।

डा.पौडेलले महासचिव पदमा उम्मेदवारी घोषणा गरेसँगै विभिन्न देश दौडामा रहेका छन् । डा.पौडेल बिहीवार मात्रै जन्मभूमि नेपाल आपुगेका छन् ।

उनलाई स्वागत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

स्वागतका लागि विनोद थापा, अनुप खनाल, नेपाल विद्यार्थी संघका नेता दीपक भट्टराई, अनिल खना, शेषसैय्याकुमार बिष्ट लगायत अन्यले भब्य स्वागत गरेका हुन् ।

स्वागतपछि डा.पौडेलले सबैलाई धन्यवाद दिँदै सहयोगको अपेक्षा आफूले लिएको बताए । उनले भने, ‘म प्रवासमा रहेका नेपालीको हक र हितमा काम गर्न पूर्ण प्रतिवद्ध छु । घोषणा मात्रै होइन, काम गरेर देखाउनेछु ।’

Published : Thursday, 2019 October 10, 10:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया