ललितपुर कांग्रेसका युवाहरूले देउवासँग लिए आशीर्वाद

ललितपुर । नेपाली कांग्रेसका युवा नेता एवम् राष्ट्रिय खेलकुद परिषदको पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनसहितका ललितपुर कांग्रेसका नेता तथा युवा तरुणहरूले यस पटकको दशैँ विशेष हर्सोल्लासका साथ मनाएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग दशैँको टीका लगाउन नपाएपनि महर्जनसहितका ललितपुर कांग्रेसका युवा नेताहरूले आशीर्वाद लिएका छन् । उनीहरूले सभापति देउवाको निवासमै पुगेर आशीर्वाद लिएका हुन् ।

नेपाली कांग्रेसका उपसभापति विजय गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा.प्रकाश शरण महत, केन्द्रीय सदस्य प्रकाशमान सिंह, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, केन्द्रीय सदस्य शंकर भण्डारी, नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति मदनबहादुर अमात्यलगायतसँग दशैँको आशीर्वाद लिएको महर्जनले बताए ।

ललितपुर कांग्रेसका युवाहरूले देउवासँग लिए आशीर्वादनेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका महर्जनले यस पटक खेलाडीका साथै युवा तरुणहरूलाई पनि दशैँको टीका र आशीर्वाद प्रदान गरेको जनाएका छन् ।

Published : Thursday, 2019 October 10, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया