आईजीपीको बोल्ड निर्णयले कम्युनिस्ट भीआइपीको दशैँ बिथोलियो

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले हिम्मत गरेर तत्कालीन सभामुख एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णबहादुर महरालाई प्रहरीको हिरासतमा पु¥याएर प्रशंसनीय कार्य गरेका छन् ।

दशैँको टीकाको दुई दिन अगाडि आईजीपी खनालले महरालाई पक्राउ गर्न मातहतलाई आदेश दिएका हुन् । आदेश दिनु अगाडि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउको आदेश लिएको थियो ।

महराको यौनकाण्डका बारेमा पीडित महिलाले नयाँबानेश्वरस्थित प्रहरी वृत्तमा शुक्रबार किटानी जाहेरी दिएपछि प्रहरीलाई ठूलो चुनौती थपिएको थियो ।

सत्तारुढ दलका सांसद समेत रहेका महरालाई पक्राउ गर्नु प्रहरीका लागि सजिलो विषय थिएन । सभामुखको पदबाट भरखरै राजीनामा दिएका महराले बालुवाटारको सरकारी निवास छाडेका थिएनन् ।

प्रधानमन्त्री खड्गप्रसाद ओली, गृहमन्त्री रामबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिढ्याएर काम गर्दा असफल हुने उत्तिकै चुनौती प्रहरीलाई थियो ।

यी सबै बाधा र व्यवधानलाई कुशल कुटनीतिक रुपमा पन्छ्याउँदै आईजीपी खनालले आइतबार साँझ महरालाई पक्राउ गरी छाडेका छन् ।

महरालाई पक्राउ गरेपछि नेपाल प्रहरीको प्रशंसा भएको छ । निर्मला पन्त प्रकरणपछि आलोचना खेप्दै आएको प्रहरीको गिरेको शाखलाई आईजीपी खनालले एकाएक माथि ल्याइदिएका छन् ।

महरालाई अब हिरासतमा राखेर घटनाको अनुसन्धान गरिनेछ । महरा अब केही दिन प्रहरीको हिरासतमा बस्नेछन् । हिरासतमा उनलाई भीआईपी सरहको व्यवहार र सुविधा हुनेछ ।

महरा पक्राउ परेपछि यौनकाण्डमा परेर पीडित बनेकी महिलाले न्याय पाउने आशा बढेको छ । अब सरकारी वकिलको कार्यालय र प्रहरीले कस्तो खालको मुद्धा तयार बनाउनेछ त्यसमा भर पर्नेछ ।

Published : Monday, 2019 October 7, 7:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया