पत्रकार धम्काउने महराका अरिँगालहरुलाई हैसियतमा बस्न खतिवडा चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका अरिँगालहरुले आफ्नो हैसियत भुलेर समाचार लेखेकै भरमा पत्रकारलाई धम्काउने हर्कत गरेको भन्दै आक्रोश पोखेका छन् ।

युवा नेता खतिवडाले शनिबार प्रेस नोट जारी गरेर समाचार लेखेकै भरमा पत्रकारहरुलाई धम्काउने, थर्काउने कार्य नगर्न चेतावनी दिएका हुन् ।

कम्युनिस्ट मित्रहरू फेरि अर्को भुल गर्ने प्रयास नगर , समाचार दिएका र लिएका भरमा कसैलाई तर्साउने, थर्काउने धम्काउने काम भयो भने तपाईंहरुलाई यो समय अझै महँगो हुनेछ । अजय बाबु सिवाकोटी एउटा संस्था पनि हो, खतिवडाले भनेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताले हाम्राकुरा डटकम र पत्रकार एवम् नेपाल प्रेस युनियनका महासचिव सिवाकोटीलाई दिइएको धम्की र हर्कतले लोकतन्त्रको खिल्ली उडाएको खतिवडाले बताएका छन् ।

सत्तारुढ नेकपाका सांसद एवम् तत्कालीन सभामुख कृष्णबहादुर महराको यौनकाण्ड सार्वजनिक गरेपछि पत्रकार सिवाकोटीलाई धम्की आएपछि पूर्वसांसद खतिवडाले विरोध गर्दै शान्ति सुरक्षामा चिन्ता जनाएका हुन् ।

Published : Saturday, 2019 October 5, 5:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया