ओली–दाहालले भुलेको कुरा कांग्रेसका खतिवडाले सम्झाइदिए

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सत्तारुढ नेपाल कमयुनिस्ट पार्टी (नेकपा)भित्रको विवाद मिलाउन शक्ति केन्द्र चाहिने हो कि भनेर व्याङ्ग्य गरेका छन् ।

युवा नेता खतिवडाले शुक्रबार ट्वीट गर्दै नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओली र नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको स्कुल विभागको भागबण्डा मिलाउन नसकेकोमा शक्ति केन्द्र खोजेर भएपनि विवाद मिलाउन सुझाव दिएका हुन् ।

‘यो ने.क.पा. भन्ने पार्टी कसले मिलाउने काम गरेको रहेछ ?’, नेपाली कांग्रेसका युवा नेता खतिवडाले ट्वीटमा लेखेका छन्, ‘केपी ओली र प्रचण्डले त स्कुल विभाग पनि मिलाउन नसक्ने रहेछन् ।’

उनले भनेका छन्, ‘यो विभाग मिलाउन पनि, पार्टी मिलाउन लगाउने शक्ति खोज्नु होस् । नाटक धेरै भयो ।’

तत्कालीन एमाले र माओवादी केन्द्रलाई चीनको दवावमा पार्टी एकीकरण गरेको आरोप लाग्दै आएको छ । विभाग मिलाउन पनि चीनलाई बोलाउन खतिवडाले अप्रत्यक्ष रुपमा ओली र दाहाललाई सुझाव दिएका हुन् ।

स्कुल विभागको नेतृत्वमा नेकपाभित्र नेताहरूबीच तिकडम चलेको छ । ईश्वर पोख्रेल, नारायणकाजी श्रेष्ठ, बेदुराम भुसाल र घनश्याम भुसालले स्कुल विभागको नेतृत्वमा दाबी गर्दै आएका छन् ।

Published : Friday, 2019 July 26, 4:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया