चीनलाई फुटाउन काठमाडौंमा गाेप्य सम्मेलन, कम्युनिस्ट सरकारकाे आफ्नै नेताले गरे भण्डाफाेर

काठमाडौं । चीनको सिनच्युवा प्रान्तलाई फुटाउन काठमाडौंमा गतिविधि हुँदै आएको खुलासा भएको छ ।

संसदको सोमबारको बैठकमा बोल्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले काठमाडौंको बौद्धमा चीनको सिन्चुवान प्रान्तलाई फुटाउन फ्रितिब्बत युवा युवा कांग्रेसको सम्मेलन भएको बताए ।

सिन्चुवान प्रान्तमा रहेका मुस्लिमहरूलाई उचालेर नेपालको भूमि प्रयोग गरी चीनलाई फुटाउने गतिविधि भइरहेको गुरुङले बताए ।

‘नेपालको भूमि प्रयोग गरेर छिमेकी देशलाई फुटाउने गतिविधिहरू हुन दिनु हुँदैन । सबैभन्दा ठूलो चुनौती भनेको भारतसँगको खुलास सिमाना छ । काठमाडौंको बौद्धमा फ्रि तिब्बत युवा कांग्रेसको सम्मेलन भएको छ । चीनलाई फुटाउन सम्मेलन भएका कुरा आएका छन्’, उनले भने, ‘काठमाडौंका होटेलहरूमा गोप्य रुपमा तालिम, सम्मेलन भइरहेका छन् । विदेशी र पश्चिमा राष्ट्रहरूको गतिविधि बढ्दै आइरहेको छ । यसलाई नियन्त्रण गर्नुपर्छ ।’

सिन्चुवान प्रान्तलाई चीनबाट अलग गराउनका लागि काठमाडौंमा विदेशी र पश्चिमाहरू आएर तालिमहरू चलाइरहेको नेकपाका प्रमुख सचेतक गुरुङले संसदमा जानकारी गराइ रहँदा गृहमन्त्री रामबहादुर थापाले आफूलाई सचेत गराएका थिए ।

अमेरिकासँग अध्यागमन कार्यालय डाटा राख्न ‘पाइचिस सफ्टवेर’ राख्ने सहमति नेपाल सरकारले गरेकोमा सांसद गुरुङले विरोध गरे । उनले भने, ‘अध्यागमनमा पाइचिस सफ्वेर राख्न अमेरिकासँग भएको सहमति खारेज गर्नुपर्छ । नेपाल आफैले सफ्टवेर बनाउनुपर्छ ।’

नेकपाका प्रमुख सचेतक गुरुङले इण्डोप्यासिफिक सैन्य संगठनको पनि विरोध गरे । उनले नेपाललाई इण्डोप्यासिफिक सैन्य संगठनबाट बाहिर राख्नुपर्ने बताए ।

‘तत्कालीन सोभियत संघलाई फुटाउन अमेरिकनहरूले ‘न्याटो’ सैन्य गठबन्धन बनाएका थिए । नाटोले नै पछि गएर सोभियत संघलाई फुटायो’, उनले भने, ‘एसियाप्यासिफिक संन्य गठबन्धनमा नेपाल छैन भनिएको छ । इण्डोप्यासिफिक सैन्य गठबन्धन नेपालको भूमि प्रयोग गरेर चीनलाई फुटाउन बनाइएको संगठन हो ।’

अमेरिकनहरू दुई–तीन महिनामा नेपाल आएर नेताहरूको घरघरमा आएर नेतालाई भेट्ने गरेको भन्दै नेकपाका नेता गुरुङले अमेरिकनहरूको सो कार्य तत्काल रोक्न माग गरे ।

‘हाम्रो देशको भूमि प्रयोग गरेर छिमेकीलाई फुटाउन दिनु हुँदैन । अमेरिकनहरूलाई घरघरमा गएर नेताहरूलाई भेट्ने अनुमति कसले दियो ? उत्तर कोरियालाई निकास दिनुप¥यो भनेर दवाव दिइरहेका छन्’, उनले भने, ‘नेताहरूको घरघरमा जाने अधिकार अमेरिकनले कसरी र कुन हैसियत पाएको छ ?’

‘नेपालले अरुलाई तीन महिना भिषा दिएको छ । तर अमेरिकनहरूलाई छ महिनाको भिसा दिइन्छ’, उनले भने, ‘भोलियन्टरमा पनि अरुलाई एक वर्षको भिषा दिइन्छ तर, अमेरिकनलाई दुई वर्षको भिषा दिइने गरिएको छ । नेपालमा पश्चिमाहरूको गतिविधि बढ्दै गइरहेको छ । यो नेपालका लागि ठूलो दुर्भाग्य हुनेछ ।’

Published : Monday, 2019 June 17, 1:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया