दाङमा कांग्रेसको शानदार कार्यक्रम, खुसी भए कार्यकर्ताहरू (तस्वीर)

घोराही । नेपाली कांग्रेसले शुरू गरेको राष्ट्रिय जागरणअन्र्तगत दाङ जिल्लाको रामपुर र लक्ष्मीपुरमा दुई वटा कार्यक्रम सम्पन्न भएका छन् ।

मंगलबार नेपाली कांग्रेस दाङको आयोजनामा क्षेत्र नम्बर २ को रामपुर र लक्ष्मीपुरमा छट्टाछुट्टै कार्यक्रम सम्पन्न भएका हुन् । कायक्रममा कांग्रेसका केन्द्रीय सदस्य माेहन बस्नेत, पूर्वसांसदहरू कृष्णकिशाेर घिमिरे, राजु खनाल, याेगेन्द्र चाैधरी, नेताहरू किरणा किशाेर घिमिरे, जानकीलाल बस्नेत, कमलकिशाेर घिमिरे, देविका नेपाली, भुपबहादुर डाँगी, शंकर डाँगी, वीरकेश्वरी गाैतम, भेषाराज पाण्डे, गिरिजा न्याैपाने, पवन यादवसहितका नेताहरूकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा वक्ताहरूले कांग्रेस एकजुट हुन नसक्दा निर्वाचनमा पराजय ब्यहोर्नु परेको बताए । अब सशक्त रुपमा गाउँतहसम्म पार्टीका गतिबिधिलाई लैजानुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

गाउँतहबाट आएका कांग्रेस कार्यकर्ताले चुनावका बेला कांग्रेसदेखि कांग्रेस नै डराउने अवस्था रहनु, केन्द्रमा देखिएको गुटगत राजनीति गाउँतहसम्म पनि रहनु, चुनावको टिकट वितरण ढिलो हुनु, एक नेताले अर्को नेतालाई सिध्याउने खेलमा लाग्नु, पार्टी संगठनलाई मजबुत तरिकाले चलाउन नसक्नु जस्ता कारणले कांग्रेसले चुनावमा पराजय ब्यहोर्नुपरेको गुनासो गरेका छन् ।

कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले विद्यमान समस्यालाई चिर्न सक्ने र कांग्रेसले कांग्रेसलाई भोट हाल्ने स्थिति ल्याउने हो भने पार्टी मजवुत हुने बताएका छन् ।

अहिलेसम्म भएका गल्तीलाई नेताहरूले आत्मसाथ गरी सुदृढ ढंगले पार्टीको कार्यक्रम गर्न सक्ने र अहिले सरकारले गरेका गल्तीलाई जनतासामु छर्लङ्ग पार्ने हो भने कांग्रेसले मजबुत हुने सुझाव समेत राखेका छन् ।

कार्यकर्ताको सुझाव सनेपछि राष्ट्रिय जागरण अभियान सञ्चालनका लागि खटिएका कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कांग्रेसलाई जोगाइराखेका कांग्रेसका गाउँ तहका कार्यकर्ताको मनोवल उच्च राख्दै पार्टी अब एकढिक्का भएर हिँडेको सन्देश दिनका लागि जागरण अभियान थालिएको बताए ।

कांग्रेसले गरेका राम्रा कुराको प्रचार गर्न नसकेकै कारण पार्टीले चुनावमा धेरै स्थान हारेको भन्दै बस्नेतले चुनावमा कांग्रेसदेखि कांग्रेस नतर्सिने बनाउन जागरण अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

अहिले कम्युनिष्टहरूको दुई तिहाइको सरकारले जनताको पक्षमा काम गर्नै नसकिने क्रमशः निरंकुशतातिर उन्मुख भएको भन्दै केन्द्रीय सदस्य बस्नेतले सरकारकै शेलीका कारण जनता निराश भएको आरोप लगाए ।

नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको सभापतित्व एवम् जागरण अभियानका केन्द्रीय प्रतिनिधि पार्टी केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतमा रामपुरमा भएको कार्यक्रममा विषय प्रवेश कांग्रेस नेता कमलकिशोर घिमिरेले गराएको थियो ।

कार्यक्रममा कांग्रेसका पुराना नेता बुद्धिमणि पन्त, डिल्लीराज ज्ञवाली, माया भट्टराई, चन्द्रबहादुर केसी, छविलाल सुनार, चुडामणि आचार्य, लालबहादुर थापा लगायतकाले कांग्रेसको गाउँ तहमा देखिएका समस्याबारेमा जानकारी गराए ।

यसअघि मंगलबार बिहान कांग्रेसले थालेको राष्ट्रिय जागरणअन्र्तगत लक्ष्मीपुरमा पनि कार्यक्रम भएको थियो ।

कांग्रेस जिल्ला सदस्य दामोदर शर्माले विषय प्रवेश गराएका थिए । कार्यक्रममा कांग्रेस नेता किरणकिशोर घिमिरे, महिला संघका क्षेत्रीय सभापति सुशीला पौडेल, भरत देवकोटा, मोहन घिमिरे, गणेश विश्वकर्मा, बलदेव अधिकारी, देवीराम पाण्डेय, निरज पाण्डेय, खुशल घिमिरे, विमल शर्मा, कृष्णप्रसाद शर्मा लगायतकाले धारणाा राखेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले वर्तमान सरकार विपक्षी सवै निकायलाई पेलेर देशमा सर्वसत्तावाद लाद्ने दिशामा अघि बढेको भन्दै कांग्रेसले त्यसलाई चिर्न जरुरी रहेकोमा जोड दिएका थिए ।

नेपाली कांग्रेस दाङका सभापति खड्काको सभापतित्व एवं जागरण अभियानका केन्द्रीय प्रतिनिधि पार्टी केन्द्रीय सदस्य बस्नेतको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति गिरिराज सुवेदीले स्वागत गरेका थिए ।

Published : Wednesday, 2019 June 5, 8:29 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया