सरकारले आकस्मिक रुपमा दियो बुधबार सार्वजनिक विदा

काठमाडौं । मुस्लिम आयोगको सिफारिसअनुसार नेपाल सरकारले बुधबार ईद पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयद्वारा मंगलबार राति जारी विज्ञप्तिअनुसार बुधबार देशैभरि सार्वजनिक विदा दिइएको हो ।

ईद पर्वका लागि सर्वजनिक विदा दिन मुस्लिम आयोगले गृह मन्त्रालयलाई मंगलबार साँझ पत्राचार गरेको थियो । सोही पत्रलाई आधार मानेर गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर बिहीबारको सार्वजनिक विदा बुधबारका लागि दिएको हो ।

चन्द्रमा उदाउने विषयलाई लिएर आयोगले बनाएको समितिको सिफारिसअनुसार आयोगले सार्वजनिक विदाका लागि गृह मन्त्रालयलाई पत्र पठाएको थियो ।

बुधबार देशभरिका मुस्लिम समुदायले ईद पर्व मनाउँदै छ ।

मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले पनि शुभकामना सन्देश जारी गरेर सबै मुस्लिम समुदायलाई शुभकामना दिएका छन् ।

Published : Tuesday, 2019 June 4, 9:18 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया