कांग्रेसको नाम राखेका सांसद लामा, दोलखामा निःशुल्क बाँडे एम्बुलेन्स र शव वाहन (तस्वीर)

चरिकोट । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद जिप छिरिङ लामाले दोलखामा एम्बुलेन्स र शव वाहनहरू वितरण गरेका छन् ।

गृहजिल्ला दोलखाको चरिकोटमा मंगलबार आयोजित कार्यक्रममा सांसद लामाले नगरपालिका र गाउँपालिकाहरूलाई निःशुल्क रुपमा एम्बुलेन्स वितरणा गरेका हुन् । २ वटा शव वहान पनि लामाले वितरण गरेका छन् ।

तेङिमा दाडोम लामा स्मृति प्रतिष्ठानमार्फत नेपाली कांग्रेसका नेता लामाले एम्बुलेन्स र शव वहानहरू वितरण गरेको नेपाल तरुण दल दोलखाका उपाध्यक्ष फुर्वा शेर्पाले जानकारी दिए ।

एम्बुलेन्स र शव वहानहरू वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवम् सांसद लामाले जिल्लाका सर्वसाधारणका लागि सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए ।

लामाले ४ वटा एम्बुलेन्स र २ वटा शववाहन हस्तान्तरण गरेका छन । ती २ वटा शव वाहन चरिकाेट अस्पताल र जिरी अस्पताललाई एक-एक वटा दिइएकाे छ ।

जिरीस्थित जिल्ला अस्पताल, वैत्यश्वर गाउँपालिका, गौरीशंकर गाउँपालिका र शैलुङ गाउँपालिकालाई एक–एक वटाका दरले एम्बुलेन्स हस्तान्तरणा गरिएको छ ।

प्रतिष्ठानबाट यसअघि पुस २३ गते काठमाडौंमा कार्यक्रम आयोजना गरी कालिन्चोक, विगु, तामाकोशी र मेलुङ गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिसकिएको छ ।

तेङिमा–दाडोमा स्मृति प्रतिष्ठानले जिल्लाको नौ वटै स्थानीय तहलाई एम्बुलेन्स सहयोग गरेको छ । जिल्लाका २ वटा नगरपालिका र ७ वटा गाउँपालिकामा एम्बुलेन्स पुगेको छ ।

Published : Tuesday, 2019 June 4, 8:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया