सत्तारुढ समाजवादी पार्टीले दियो लोक सेवालाई सच्चिन चेतावनी

काठमाडौं । सत्तारुढ समाजवादी पार्टी, नेपालले हालै लोक सेवा आयोगले स्थानीय तहका लागि भनेर करीव ९ हजारभन्दा वढी कर्मचारी भर्ना सम्बन्धि विज्ञापन सूचना प्रकाशित गरेको प्रति गंभीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजवादी पार्टीले मंगलबार विज्ञप्ति जारी गरेर भनेको छ, ‘यसभन्दा अगाडि लोक सेवा आयोगले एकैपटकमा यतिका धेरै संख्यामा पदपूर्ति गर्ने गरी कहिल्यै सूचना निकालेको थिएन ।

फेरि स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका कर्मचारीको पदपूर्ति प्रदेश लोक सेवा आयोगबाट गरिने स्पष्ट व्यवस्था हुँदा हुँदै संघीय लोक सेवा आयोगले समानुपातिक र समावेशिता समेतको संवैधानिक र कानुनी दायरा भन्दा बाहिर गएर स्थानीय तहका कर्मचारी भर्ना गर्न लागेको हुँदा समाजवादी पार्टी, नेपाल घोर आपत्ती र विरोध गर्दछ ।’

‘कानून विपरित स्थानीय तहका लागि भनेर निकालिएको कर्मचारी भर्ना सम्बन्धि सूचना अविलम्ब फिर्ता लिएर संघीयताको भावना र मर्मलाई सुरक्षित गर्ने कार्यमा लोक सेवा आयोगले सहयोग पुर्‍याउन पनि समाजवादी पार्टी अपील गर्दछ’, उपमहासचिव प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान विपरित गैर कानूनी कार्यहरू रोक्न र कुनै पनि निकाय वा अंगहरूबाट त्यस प्रकारको कानून विपरीतका काम कार्वाही हुन नदिने तर्फका कदम चाल्नका लागि पनि समाजवादी पार्टी सरकारको ध्यानाकर्षण गराउँदछ ।’

लोकसेवा आयोगले निकालेको पदपूर्तिको विज्ञापन समावेशी नभएको भन्दै आदिवासी, जनजाति, मधेसी, दलितलगायतका समुदायले विरोध गर्दै आएका छन् ।

Published : Tuesday, 2019 June 4, 6:23 pm

2 प्रतिकृया प्राप्त “सत्तारुढ समाजवादी पार्टीले दियो लोक सेवालाई सच्चिन चेतावनी”

  • लाेक सेवाले सिधै विज्ञापन सच्याउन सक्दैन त्यसकाे लागी सभासदले कानुन परिमार्जन गर्न जरुरी छ । त्यसै चेतावनी दिएर हुन्छ वाइयात कुराे ।

  • सम्पुर्ण अधिकार जति सङघीय सरकारमा निहत रहे प्रदेश सरक
    चाहि थपना ( जनताको आखामा छार ) मात्रको लागि गठन गरिएको हो त ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया