छ करोडमा हाम्रो पनि सहभागिता होस्ः कोमल ओली

काठमाडौं । राष्ट्रिय सभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी सांसद कोमल ओलीले देशलाई समृद्धितर्फ लैजाने बजेट भएकाले महत्वकांक्षी रहेको बताएकी छिन् ।

राष्ट्रिय सभामा मंगलबार बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद ओलीले बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको स्वीकार गरिन् । चुनौतीहरू भएपनि देशको विकासमा महत्वपूर्ण अवसर रहेको उनले बताइन् । सांसद ओलीले बजेटको बचाउ गरेकी थिइन् ।

नेकपाकी सांसद ओलीले प्रतिनिधिका सांसदहरूलाई दिइएको छ करोड रकम वितरणमा आफूहरूको पनि संलग्नताको माग गरेकी छिन् । ‘सांसदले छ करोड खर्च गर्न सक्नुपर्नेछ’, उनले भनिन्, ‘छ करोडमा राष्ट्रिय सभाका सांसदहरूको समान सहभागिता होस् ।’

उनले बजेटको विरोध गर्नेहरूसँग प्रश्न गर्दै भनेकी छिन्, ‘बजेट कसरी नराम्रो भयो ?’

जेष्ठ नागरिक र एकल महिलालाई खुसी ल्याउन बजेटको विरोध गर्न नहुने ओलीले बताइन् ।

‘कर्मचारीको तलव वृद्धि भएको छ । कर्णालीमा खुसी ल्याएको छ । शिक्षामा ७० जिल्लालाई पूर्ण साक्षर बनाउने घोषणा गरिएको छ’, उनले भनिन्, ‘शिक्षामा यस पटक धेरै बजेट आएको छ । दलित र अपाङ्गलाई निःशुल्क शिक्षा भनिएको छ ।’

नेकपाको वर्तमान सरकारले संसदमा पेश गरेको बजेटले गाउँ शहरमा विकासको लहर ल्याउने उनले बताइन् ।

बजेटमाथिको छलफल टुङ्ग्याउँदै गर्दा नेकपाकी सांसद ओलीले दुई लाइन गीत पनि गाएकी थिइन् ।

बजेटमाथि गीतबाट टिप्पणी गर्दै गाइएको गीत सुनेर अर्थमन्त्री डा.युवराज खतिवडा र खानेपानीमन्त्री विना मगर मख्ख परेका थिए । मन्त्रीद्वय डा.खतिवडा र मगर मुसुमुस हाँसेका थिए ।

Published : Tuesday, 2019 June 4, 6:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया