कम्युनिस्ट सरकारले प्रत्येक नेपालीलाई पचास हजारको ऋण बोकायोः पार्वती डिसी चौधरी

काठमाडौं । नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीले दुई तिहाइका कम्युनिस्ट सरकारले ल्याएको बजेट हावादारी रहेको बताएकी छिन् ।

बजेटमाथि मंगलबार छलफलमा सहभागी हुँदै सांसद चौधरीले अर्थमन्त्री डा.युवराज खतिवडाले सदनमा पेश गरेको बजेटको तथ्याङ्कहरूले नै हावादारी रहेको पुष्टि गरेको बताइन् ।

नेपाली कांग्रेसकी सांसद चौधरीले वृद्धभत्ता शहरमा बस्नेहरूले मात्रै सदुपयोग गरेको बताइन् ।

‘गाउँमा बस्ने वृद्धाहरूले भत्ताको सदुपयोग गर्न सकेका छैनन् । कांग्रेसले ६५ वर्षमा झारेर भत्ता दिनुपर्ने निर्णय गरेको थियो । तर, ६५ वर्ष हटाएर दुई तिहाइको बलियो सरकारले ७० वर्ष पुर्‍यायो’, उनले भनिन्, ‘शहरमा बसेरका मिठो र राम्रो खानेले वृद्धभत्ता पाएका छन् । गाउँका जनताले वृद्धभत्ताले धेरै सदुपयोग गर्न पाएका छैनन् ।’

कांग्रेस सांसद चौधरीले वृद्धभत्ता पाउने ७० वर्षको उमेरलाई ६५ वर्षमा झारेर वृद्धभत्ता पाँच हजार पुर्‍याउनु पर्ने बताइन् ।

सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा बजेट मात्रै थपेर बोझ बढाएको उनले बताइन् । ‘यो बजेट वितरणमुखी छ’, चौधरीले भनिन्, ‘अघिल्लो वर्ष पनि सरकारले बजेट खर्च गर्न सकेन । यस पटक पनि बजेट खर्च हुँदैन ।’ अहिले बजेट आएपछि प्रत्येक नेपालीको टाउकोमा पचास हजार ऋणि थपिएको उनले बताइन् ।

Published : Tuesday, 2019 June 4, 2:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया