आयोगले ईदको चन्द्रमा अबलोकन गरेपछि विदाको टुंगो लाग्ने

काठमाडौं । मुस्लिम आयोगले मंगलबार साँझ ईदको चन्द्रमा अबलोकन गरी ईदको आधिकारिक घोषणा गर्ने भएको छ ।

आयोगमा सोमबार नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल शमिम पञ्च कश्मिरी तकिया, जामे मस्जिदका अध्यक्ष मो.फाजील, दारुल उलमका मफती र धर्मविदहरू मौलाना नजरूल, मौलाना अजिजूर रहमान तुरबतलगायतको उपस्थितिमा बैठक बसेको आयोगका अध्यक्ष समिम अन्सारीले जानकारी दिए ।

आयोगको पहलमा ओलमाहरूको बैठक बसी ईदको चन्द्रमा अबलोकन गर्ने र ईदको बारेमा निर्णय लिएर घोषणा गर्ने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष अन्सारीले बताएका छन् ।

ईदपछि ईदको चन्द्रमा अबलोकन गरी तिथि घोषणा गर्ने र सोबारे अन्य निर्णयहरू सार्वजनिक गर्ने प्रयोजनको लागि आयोगले हिलाल कमिटी गठन गर्ने तयारी गरेको छ ।

आयोगकै सिफारिसमा बुधबार वा बिहीबार कुन दिन सार्वजनिक विदा दिने नेपाल सरकारले निर्णय गर्नेछ ।

Published : Tuesday, 2019 June 4, 10:44 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया