कोटेश्वर–कलंकी सडकखण्डमा गाडी दौडाउन नपाइने

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर–सातदोबाटो–कलंकी सडकखण्डमा सवारीको गति निर्धारण गरेको छ ।

अत्यधिक गतिका कारण गतिका कारण दुर्घटना बढेपछि महाशाखाले मुख्य लेन र सर्भिस लेनमा गुड्ने सवारी साधनका लागि अधिकतम गति तोकेको हो ।

अब मुख्य लेनमा अधिकतम ५० र सर्भिस लेनमा अधिकतम २० किलोमिटर प्रतिघन्टाको गतिमा सवारी चलाउन पाइनेछ ।

प्रविधिमार्फत यसको नियमन हुने र नियमको उल्लंघन गरेको पाइए कारबाही हुने महाशाखाले जनाएको छ ।

तिव्र गतिकै कारण आइतबार सानेपा खण्डमा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको थियो ।

दुई वटा गाडि आपसमा जुधेपछि अनियन्त्रित बनेका ती सवारीमा मोटरसाइकल ठोक्किँदा दुवै जनाको ज्यान गएको थियो ।

Published : Monday, 2019 June 3, 11:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया