कांग्रेस संसदीय दलको बैठक शुरू

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र संसदको गतिविधिका बारेमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केही समय अगाडि बैठक शुरू भएको हो । बैठकमा सरकारले संसदमा पेस गरेको प्रि–बजेटमाथिको छलफलका विषयमा पनि परामर्श हुनेछ ।

बैठकमा सञ्चार विधेयकका विषयमा कसरी अगाडि बढ्ने भन्नेबारेमा पनि छलफल हुनेछ ।

कम्युनिस्ट सरकारले अधिनायकवादलाई बलियो बनाएर लैजाने तयारी गरेपछि कांग्रेसले संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरू छन् ।

Published : Wednesday, 2019 May 15, 11:08 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया