कम्युनिस्ट सरकारविरुद्ध नेविसंघले यसरी गर्दै छ आजको प्रदर्शनको तयारी

काठमाडौं । कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)को नेतृत्वमा मंगलबार काठमाडौंमा प्रदर्शन हुँदै छ ।

काठमाडौंको माइतीघर मण्डलादेखि नयाबानेश्वरसम्म नेविसंघसहित साना ११ विद्यार्थी संगठनहरूले प्रदर्शन गर्न लागेका हुन् । अपरान्ह एक बजेदेखि सरकारविरुद्ध विद्यार्थीले नारावाजी र प्रदर्शन गर्नेछन् ।

नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहका अनुसार लोकतान्त्रिक मूल्य र मान्यताविरुद्ध कम्युनिस्ट सरकार हिँड्न थालेपछि सहि बाटोमा ल्याउन नेविसंघसहित ११ विद्यार्थी संघले प्रदर्शन गर्न लागेको बताए ।

उनले देशमा विग्रदै गएको शान्ति सुरक्षा, हत्या, अपहरण र आतंक बन्द गर्नुपर्ने भन्दै शैक्षिक क्षेत्रको अव्यवस्थाका विरुद्ध आजको प्रदर्शन केन्द्रित रहेको बताए ।

नेविसंघका नेता मोती भण्डारीले पनि कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको अधिनायकवादका विरुद्ध विद्यार्थीले प्रदर्शन गर्न लागेको बताए । उनीले प्रदर्शनको सबै तयारी पूरा भएको बताए ।

नेविसंघसहितका साना ११ विद्यार्थीले केही दिनदेखि विभिन्न कार्यक्रमहरू गर्दै आएका छन् ।

नेविसंघसहितका विद्यार्थीको प्रदर्शनलाई मध्यनजर गरेर स्थानीय प्रशासनले कडा सुरक्षा सर्तकता अपनाएको छ ।

माइतीघर मण्डालादेखि नयाँबानेश्वर र आसपासको क्षेत्रमा उल्लेख्य सुरक्षाकर्मी परिचालन गरेको छ । सुरक्षाकर्मीहरूले विद्यार्थी नेताहरूलाई निगारनीमा समेत राखेका छन् ।

नेविसंघसहित ११ विद्यार्थी संगठनहरूको कार्यक्रमलाई डा.सुरेन्द्र केसीसहितका नागरिक अगुवाहरूले सम्बोधन गर्नेछन् ।

Published : Tuesday, 2019 April 30, 12:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया