कांग्रेसका कोषाध्यक्षहरूको सम्मेलन शुक्रबार सम्पन्न हुँदै

पोखरा । नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय सम्मेलन विभिन्न निर्णयहरू गर्दै शुक्रबार सकिँदैछ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार पोखरामा सम्मेलनको उदघाटन गरेका थिए । कोषाध्यक्षहरूको शुक्रबार बन्दसत्र चलिरहेको छ ।

बन्द सत्रमा पार्टीको आर्थिक स्रोतको व्यवस्थापन परिचालन पारदर्शिताका साथै पार्टीले गरेका पछिल्ला कामको समीक्षा, सरकारका काम र निर्णय तथा त्यसबारेमा पार्टीको धारणा लगायतका विषयमा छलफल हुने कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमितिका महासचिव लक्ष्मी पाण्डेले जानकारी दिएका छन् ।

पार्टीलाई चलायमान र सुदृढीकरण बनाउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले बताए ।

सम्मेलनले विदेश पलायन युवाहरूलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न सरकारलाई दबाब दिने र भातृ तथा शुभेच्छुक संस्थालाई महाधिवेशनमार्फत अघि बढाउन पार्टीलाई दबाब दिने बताइएको छ । सम्मेलनले पोखरा घोषणापत्र जारी गर्नेछ ।

Published : Friday, 2019 April 12, 11:54 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया