राहतसहित बारामा साथी बन्न आइपुग्यो हेल्प नेपाल
बारा । सामाजिक क्षेत्रमा सेवा गर्दै आएको हेल्प नेपाल नेटवर्कले बारा जिल्लाका हावाहुरी पीडितहरूलाई राहत वितरण गरेको छ ।
हेल्प नेपाल नेटवर्कले चैत २० गते प्राकृतिक प्रकोपमा परेको बारा जिल्लाको खुटुवामा राहत सामाग्री बितरण गरेको हो । आफ्ना सहयोगीहरूसहित आएकी भावना राउतसहितका स्वयं सेवकहरूले पीडितहरूलाई दैनिक उपभोग्य सामाग्रीहरू वितरण गरेको थियो ।
‘दुःखी स्थानीयको मुहारमा थोरै मुस्कान देख्न पाउँदा सम्पूर्ण सहयोगी महानुभाव तथा हेल्प नेपाल नेट्वर्ककी स्वयंसेवी भावना राउत र समूहप्रति नतमस्तक हुँदै कृतज्ञता व्यक्त गर्न मन लाग्यो’, हेल्प नेपाल नेटवर्कले आफ्नो फेसबुक पेजमार्फत भनेको छ ।
हेल्प नेपाल नेटवर्कले बाल्टिन, जग, म्याट्रेससहितका सामाग्री वितरण गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत