तरुण दलका महासचिवद्वारा स्वास्थ्य शिविर सञ्चालन
बारा । नेपाल तरुण दलले बाराका हावाहुरी पीडितहरूको स्वास्थ्य परीक्षणका साथै राहत उपब्ध गराएको छ ।
तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले शुक्रबार औषधि, चिकित्कहरूसहित बारा आएर शिविर चलाएका हुन् । शाहीले पीडितहरूलाई राहत पनि वितरण गरेका छन् ।
‘बिनासकारी हावाहुरी पीडितहरूको दुःखमा थोरै भएपनि मद्धत पुगोस भनेर आज बारामा राहत बितरण तथा स्वास्थ्य शिबिरमा सहभागी भएको छ’, तरुण दलका महासचिव शाहीले भनेका छन् ।
उनले भनेका छन्, ‘प्रत्यक्ष घटनास्थलमा पुग्दा यो अनुभूति भो वास्तबमै हामी नेपालीमा सेवाको भावना, सद्भाव र सहयोगी मन प्रशंसनीय रहेछ ।’
यसअघि नेपाल तरुण दलले मृतकका परिवारलाई जनही दश–दश हजारका दरले एक हप्ताभित्र राहत उपलब्ध गराउने बिहीबार घोषणा गरिसकेको छ ।
Published : Friday, 2019 April 5, 11:24 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत