देउवाद्वारा प्रभावित क्षेत्रको अबलोकन, २५ लाख राहत घोषण (तस्वीर)

बारा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बारा र पर्साको हुरीबतास प्रभावित क्षेत्रको अबलोकन गर्नुका साथै राहतको घोषणा गरेका छन् ।

मंगलबार बिहान सभापति देउवाले बाराको फेटा गाउँपालिका, भरवलिया र पुरैनिया गाउँ पुगेर हुरीबतास प्रभावित, घाइते तथा मृतकका परिवारलाई भेटेका हुन् ।

देउवाले यसअघि पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल र नेश्नल मेडिकल कलेज पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको कांग्रेसका युवा नेता तथा पूर्वसांसद रामहरि खतिवडाले जानकारी दिए ।

कांग्रेसका सभापति देउवाले हुरीबतास प्रभावितहरूलाई सहयोग गर्न कांग्रेसका कार्यकर्तालाई निर्देशन दिएको खतिवडाले बताएका छन् ।

हावाहुरीले बारा र पर्सामा निकै ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको भन्दै सभापति देउवाले विपत्तिलाई राष्ट्रिय शोकको रुपमा लिन सरकारलाई आग्रह पनि गरेका छन् ।

उनले हुरीबतासले भत्काएका भौतिक संरचना जतिसक्दो चाँडै निर्माण गर्न र नयाँ संरचना तयार गरेर तत्काल पुनर्निर्माणको काम अघि बढाउन सरकारलाई अनुरोध पनि गरेका छन् ।

कांग्रेसले हुरीबतास प्रभावितलाई कांग्रेस २५ लाख रुपियाँ राहत उपलब्ध गराउने पनि घोषणा सभापति देउवाले गरेका छन् ।

सभापति देउवाले घोषणा गरेको २५ लाख रुपियाँ राहत रकम सरकारी राहत कोषमा जम्मा गरिनेछ ।

कांग्रेस संसदीय दलले आफ्ना सांसदहरुको दुई दिनको पारिश्रमिक र प्रदेश २ को संसदीय दलले १० लाख रुपियाँ छुट्टै सहयोग गर्ने निर्णय यसअघि नै गरिसकेका छन् ।

Published : Tuesday, 2019 April 2, 4:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया